दोलखाका लोकप्रीय युबा नेता विशाल खडका को जन्म २०३८ साल बैसाख ३ गते गते दोलखाको जुँगु गा बि स वडा नम्बर ६ मा भएको हो । पिता बृष बहादुर खडका र माता मनमाया खडकाका चौधौं सन्तानका रुपमा जन्मनु भएका विशालको परिवार पन्चायतकाल देखि नै बामपंथी राजनीतिमा सम्लग्न हुनु हुन्थ्यो ।
निम्न मध्यमवर्गिय किसान पारीवारमा जन्मनु भएका विशाल खडका नीलकण्ठेश्वर मा. वी. बाट जिल्लाकै उत्कृष्ट अंक ल्याइ एस. एल. सि. उतिर्ण गरे पश्चात इन्जिनियर बन्न चाहनुहुन्थ्यो । तर राजनीतिक पारिवारिक पृष्ठभुमी तथा बैचारिक रुझानका कारण वहाँ मुलुकको परिबर्तनका लागी भनेर २०५४ सालदेखि नेकपा माओबादिको पुर्णकालिन कार्यकर्ताका रुपमा जनयुद्धमा होमिनु भयो । आइएस्सीमा भर्ना भएता पनि पार्टी प्रतिको आबद्धता, वैचारिक सकृयता तथा पारिवारिक पृष्ठभुमीका कारण १६ बर्ष कै कलिलो उमेरमा १८ ओटा राज्यबिरुद्द्को मुद्दा खेप्नु पर्यो। तथापी आफ्नो जेल जीवनकालमै संघर्श र स्वअध्यन गर्दै वहाँले अर्थशास्त्रमा स्नातक सम्मको औपचारिक अध्ययन पुरा गर्नु भयो ।
२०५३ सालदेखी अखिल क्रान्तिकारी दोलखा जिल्लाको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका खडका लगातार तीन कार्यकाल उक्त जिम्मेवारीमा रहनु भयो । देशै भरका अखिल क्रान्तिकारी संघठन मध्य सबै भन्दा सानो उमेरमै जिल्ला अध्यक्ष हुने हालसम्मकै उहाँ पहिलो ब्यक्ति हुनुहुन्छ र सम्भवत अन्य विद्यार्थी संगठनहरुकै ईतिहास हेर्ने हो भने सबै भन्दा कम उमेरमै जिल्ला नेतृत्वमा सम्हाल्ने जिल्ला अध्यक्ष पनि उहाँ हुनुहुन्छ।
जेल जीवनमा अनेकन दमन र यातना झेलेका खडका तत्कालिन समयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुको सकृयातामा आठ वर्ष पछि जेल मुक्त हुनु भएको थियो । त्यस पश्चात फेरी पनि जनयुद्धमा पूर्णकालिन रुपमा होमिएका विशालले पार्टिका महत्त्वपूर्ण गतिविधिमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने अबसर प्राप्त गर्नु भयो ।
खडका अन्तत अनेक उतारचढाव भोग्दै दोलखाको लोकप्रीय युबा नेताको रुपमा आफुलाइ स्थापित गराउन सफल हुनुभएको छ । नेकपा माओबादिको सचिवालय सदस्य जिल्ला सेक्रेटरी हुँदै २०६४ सालको निर्वाचनमा चुनावी कमान्डर हुँदै तत्कालिन उम्मेद्वारलाई जिताउन भूमिका निर्बाह गर्नु भयो। २०७० सालमा संबिधान सभाको निर्वाचनमा नेकपा माओबादीका तर्फबाट उम्मेद्वार हुनु भएका खडका झिनो मतले पराजित हुनु भयो। निर्वाचनमा पराजित भएता पनि आफ्नो क्षेत्रका जनताको लागि अहोरात्र खटिएका विशाल २०७४ को आम निर्वाचनमा भने नेकपा माओबादिका तर्फ बाट भारी मतका साथ प्रदेश सभा सदस्य निर्बाचित हुँदै हाल बागमती प्रदेश सरकारमा बन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
युबा नेताका रुपमा स्थापित खडका सरल जीवन ब्यतित गर्ने बौद्धिक सांसद एबम मन्त्रीका रुपमा मतदाताको मनमा बस्न सफल हुनुहुन्छ । आफु प्रदेशसभाका सदस्य हुँदा नै जिरीलाई नेपाल कै उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा स्थापित गराउन तथा दोलखा जिल्लाको भौतिक बिकासमा उल्लेखनिय भूमिका खेल्नु भएका खडकाले संघ तर्फ प्रतिनिधि सभा सदस्य बनेर दोलखालाई नमुनाका रुपमा बिकास गर्ने र दोलखाली जनताको जीवन स्तरमा उन्नत परिबर्तन गराउन इच्छुक हुनुहुन्छ ।
निष्ठाको राजनीतीमा विश्वास गर्ने विशाल खड्का माओवादी भित्र पनि अध्यनशिल नेताको छवि बनाउनु भएको छ । उहाका समसामयिक विषय र राजनीति सङ्ग सम्बन्धीत लेख रचनाहरु दर्जनौ छापा तथा अनलाइन माध्यममा निरन्तर प्रकाशित भैरहेका छन । खडकाले लेखेका र सम्पादन गरेका गरि हाल सम्म नेपाली क्रान्ती र नयाँ बिचार , स्मृतिका पानामा शहीद रित बहादुर खडका नया ढङ्गको पार्टी गरि तीन वटा कृति प्रकाशित छन ।
सहिद परिवारका सदस्य खडकाको लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीतिक योगदान त छ्दैछ विभिन्न सामाजिक संघ सस्थाम आबद्द रहदै त्यस मार्फत उहाले गर्नु भएको सामाजिक योगदान पनि अनुकरणीय छ । खडका हाम्रो रेडियो दोलखा ,सहिद रित बहादुर खडका स्मृति प्रतिस्ठान, निलकण्ठेस्वर उच्च मा. बि. र सहिद स्मृति आवशिय बिध्यालयको ब्यबस्थाकिय भुमिकामा समेत आबद्द हुनुहुन्छ ।